घरेलु तथा साना उद्योग कार्यालय, बारा वेबसाईटमा तपाईंलाई हार्दिक स्वागत !!!
कुनै उद्योग खोल्ने सोचिरहनुभएको छ भने तपाईँले नपुगी नहुने ठाँउ हो घरेलु तथा साना उद्योग कार्यालय। उद्योग दर्ता गर्ने देखि सिप विकास सम्बन्धि विभिन्न तालिमहरू दिने सरकारी निकाय भएकाले पनि त्यहाँ नपुगी हुँदैन। यो कार्यालयले दिने सुविधाहरू मध्ये केहीलाई हामीले यो लेखमा समावेश गरेका छौँ।
उद्योग दर्ता
तपाईँले कुनै उद्योग सुरु गर्दै हुनुहुन्छ भने सुरूमै दर्ता गरेर चलउन पाइन्छ।दर्ता नगरी चलाएमा त्यसलाई गैरकानुनी मानिनेछ। एक पटक दर्ता गरिसकेपछि तपाईँले उद्योग सम्बन्धी नेपाल सरकारले दिएका सम्पूर्ण सेवा सुविधा पाउन सक्नुहुन्छ .
उद्योग दर्ता गराउँदा यी कागजातहरू चाहिन्छ:
- नागरिकता
- लालपुर्जाको फोटोकपी
- बिजुली बत्ती, खाने पानी तिरेको रसिद, वित्त आदि
- सरजमिन मुचुल्का,
- फोटो २ प्रति
- रु. १० को टिकट
- फायल
- राजस्व दस्तुर
नोट: सीप सिकेर सोही सीप अनुसारको उद्योग खोलेर दर्ता गराउन जाँदै हुनुहुन्छ भने रु. १०० मा नै दर्ता गर्न सकिन्छ। यसका लागि सीप सिकेको प्रमाणपत्र देखाउनु पर्छ।