स्वदेशी उद्मम र उत्पादन : दिगो औधोगिक पुनरुत्थान मुल नारा सहित साताै उद्योग दिवस २०७८ को अवसरमा प्रभात फेरी कार्यक्रम भयो । उक्त कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख अरविन्द यादव, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, बारा उद्योग वाणिज्य संघका अध्यक्ष श्री राजकुमार साह, नेपाल घरेलु तथा साना उद्योग महासंघका बाराका अध्यक्ष इमरान इराकी, जिल्ला लघु उद्यमी समुह संघ बाराका अध्यक्ष श्रीमति किस्नाउती देवी लगायत विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो ।