घरेलु तथा साना उद्योग कार्यालयले उद्योग र व्यवसायीसंग प्रत्यक्ष सरोकारका कार्यहरु गर्ने गर्दछ । यस कार्यालयका माध्यमबाट घरेलु तथा साना उद्योग कार्यालय तथा नियमन सम्बन्धी कार्यहरु सम्पादन गरिन्छ । घरेलु तथा साना उद्योगहरुले स्थानीय श्रोत साधनको प्रबद्धन गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न टेवा पुर्याउछ । हाम्रो जस्तो भौगोलिक अवस्था भएको देशमा मझौला तथा ठुला उद्योगको तुलनामा लघु, घरेलु तथा साना उद्योगहरुको विकास गर्न सहज हुने देखिएकाले यस्ता उद्योगहरुको प्रबद्धन र विकासमा घरेलु तथा साना उद्योग कार्यालयको भूमिका अतुलनीय रहेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय बारा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत मधेश प्रदेश का ८ जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयहरु मध्येको एक हो ।जिल्लास्थित उद्योग तथा उद्योगीहरुको व्यवसाय विकासमा टेवा दिदै औद्योगिक प्रबर्द्धन गर्नु तथा सीप विकास तालिम र उद्मशीलता विकास तालिम प्रदान गरी युवा, दलित, पिछडिएका र बेरोजगार युवाहरुलाई आय आर्जनमा सहभागी गराउनु यस कार्यालयको मुख्य कार्य हो ।