· नियमानुसार घरेलु तथा साना उद्योगहरु रजिष्ट्रेशन गर्ने ।
· वाणिज्य प्रशासन सम्बन्धी स्थानीय व्यापार सम्बन्धी कार्य गर्ने फर्महरु रजिष्ट्रेशनका साथै अन्य कार्यहरु गर्ने ।
· दर्ता भएका उद्योगहरुको नियम अनुसार नविकरण गर्ने ।
· घरेलु तथा साना उद्योगहरुको नामसारी, ठाउँसारी, पुजी तथा क्षमता वृद्धि, उद्धेश्य संशोधन, खारेजी आदि उद्योग प्रशासन सम्बन्धी कार्यहरु गर्ने ।
· Exim Code सिफारिस गर्ने ।
· प्रारम्भिक वातावरणीय परिक्षण सम्बन्धी कार्य गर्ने ।
· उद्योगी/व्यवसायीहरुलाई आवश्यक तालिम तथा प्रविधि सहयोग गर्ने ।
· बजार अनुगमन गरी सरल र सहज बजार व्यवस्थापनमा सहजीकरण गर्ने ।
· घरेलु तथा साना उद्योगहरुको औधोगिक तथ्याङ्क अध्यावधिक गर्ने ।
· उद्योगको सुविधा सिफारिस सम्बन्धि कार्य गर्ने ।
· मेला मह्वत्सवमा उद्यमीहरुलाई सहभागी गराउने कार्य गर्ने ।
- दैनिक प्रशासनिक कार्यहरु तथा तालुक निकायबाट प्रत्यायोजित अन्य सम्पूर्ण सेवाहरु ।
|